पर्वत र बागलुङका घर लिपपोत गर्न म्याग्दीको रातोमाटो

म्याग्दी | असोज ५, २०८२

पर्वत र बागलुङका घर लिपपोत गर्न म्याग्दीको रातोमाटो

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ । 


दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत र बागलुङका ग्रामीण क्षेत्रमा घर रङ्ग्याउन आवश्यक रातोमाटो सालघारीको खानीबाट लैजाने गर्छन् ।


यसपालि हालसम्म २१ ट्रयाक्टर रातोमाटो बिक्री भइसकेको रत्नेचौरका स्थानीयवासीसमेत रहेका व्यवसायी एकिन्द्र महतले बताए । ‘खानी भएको जग्गाका धनीले प्रतिबोरा एक सयका दरले माटो बेच्छन्’, उनले भने, ‘ट्रयाक्टरमा राखेर गाउँगाउँमा पुर्‍याएर न्यूनतम प्रतिबोरा पाँच सयका दरले बिक्री हुन्छ ।’


एक दशकअघिसम्म दसैँतिहारको सिजनमा रातोमाटो लिनका लागि सालघारीमा आउने सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । हाल व्यापारीले गाडी र ट्रयाक्टरमा ढुवानी गरेर रातोमाटो घरघरमा पुर्याउने गरेका छन् । वार्षिक ३० ट्रयाक्टरभन्दा बढी रातोमाटो बिक्री हुने व्यवसायी व्यवसायी महतले बताए ।


खानीबाट बोरामा भरेको माटो ट्रयाक्टरमा राखेर गाउँगाउँमा लगेर बेच्ने गरेको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट माटो किन्नका लागि सालघारी पुगेका सागर सुनारले बताए । सफा र चम्किलो हुने भएकाले रत्नेचौरको रातोमाटोको माग उच्च रहेको उनको भनाइ छ । 


स्थानीयवासीले माटो बिक्रीका साथै माटो खन्ने काम गरेर पनि आम्दानी तथा रोजगारी पाएका छन् । बेनी, बागलुङ, कुश्मा नगरपालिका, जलजला, काठेखोला, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रत्नेचौरको रातोमाटो खपत हुन्छ ।


सालघारीकी जुना किसानले यसपालि मल्लाजका व्यापारीलाई २० हजारमा बारीको रातोमाटो ठेक्कामा बेचेको बताए । माटो निकालेपछि सम्मिने पाखोमा बारी बनाएर खेतीबाली लगाउने गरेको उनले बताए । घडेरी सम्याउनका लागि निस्किएको माटो प्रतिट्रयाक्टर आठ हजारमा बिक्री गरेको स्थानीय भगवती विश्वकर्माले बताए । सालघारीबाट वार्षिक तीन लाखको हाराहारीमा रातोमाटो बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ ।


पक्की घर बनाउने, रङ र गेरु लगाउने चलन बढेपछि ग्रामीण क्षेत्रका ढुङ्गे घरमा रातोमाटो र कमेरो लगाएर रङ्ग्याउने चलन छ । दसैँअघि घरको सरसफाइ गर्ने, रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन अझै छ । रातोमाटोले लिपपोत गरेका ढुङ्गेघर चिटिक्क र आकर्षक देखिन्छन् ।


रातोमाटो पाइने भएकाले यो ठाउँको नाम रत्नेचौर नामकरण भएको बताइएको छ । रातोमाटो निकाल्दा खाल्डोमा पुरिने, पहिरो खस्ने जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ । विपद् र दुर्घटनाको जोखिम न्यूनीकरण गरी रातोमाटोलाई प्रशोधन र प्याकेजिङ गरेर बजारीकरण गर्न सकिने सम्भावना छ । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्